नाउपा छोडेलगत्तै माओवादीमा प्रवेश गरे नन्दकुमार राना

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला अध्यक्ष नन्दकुमार राना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका छन् ।

राजनीतिक सोच, समावेशी जनअधिकार र परिवर्तनको यात्रामा नागरिक उन्मुक्तिले धोका दिएको ठहर गर्दै रानाले बुधबार पार्टीको सम्पूर्ण जिम्मेवारीबाट औपचारिक रूपमा राजीनामा दिएको घोषणा गरेका थिए । राजीनामापछि उनले माओवादी आन्दोलनको मूल उद्देश्यसँग फेरि जोडिनु आजको राष्ट्रिय आवश्यकता भएको बताउँदै पार्टी प्रवेश गरेको बताए ।

राना २०७४ सालको स्थानीय तह निर्वाचनमा बेलौरी नगरपालिका वडा नम्बर ८ को अध्यक्षमा निर्वाचित हुनुका साथै २०७९ को संघीय निर्वाचनमा कञ्चनपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत थिए ।

पार्टी प्रवेशपछि नेता रानाले परिवर्तनको मूलधार माओवादी आन्दोलनमै रहेको उल्लेख गर्दै अब पार्टीको नीति, विचार र अभियानमा समर्पित भएर जनताको हक, अधिकार र समानताका पक्षमा संघर्ष जारी राख्ने प्रतिबद्धता जनाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *