बजेटबारे माओवादी- परम्परागतकै निरन्तरता, अर्थ प्रणालीकै पुनर्संरचना गर्नेगरी आएन (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सरकारले ल्याएको बजेटलाई परम्परागत निरन्तरता भएको प्रतिक्रिया दिएका छन् ।

पूर्वअर्थमन्त्री समेत रहेका शर्माले संसद भवन परिसरमा प्रतिक्रिया दिँदै देशको आर्थिक समस्या समाधान गर्ने खालको नआएको बताए ।

उनले भने, ‘विषयहरू लेख्ने सबै लेखिएकै छन् । तिनै कुरा दोहोरिने हो, कपीपेस्ट गर्ने हो । अहिले नाराहरू कम रहेछन् ।’

देशको अर्थतन्त्रको समस्या समाधान गर्न समग्र अर्थ प्रणालीकै पुनर्संरचना गर्नुपर्ने भए पनि त्यो स्तरबाट नआएको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *