काठमाडौं । सामाजिक सुरक्षा कोषमा हरेक सेवा सुविधाको पछ्याउँदै गएको कर्मचारी सञ्चय कोषले स्वास्थ्य उपचार सुविधा पनि कोषले सुरु गरेलगत्तै सुरु गर्ने भएको छ ।
दम्पतीको उपचार सुविधा लामो समयदेखि सञ्चालन रहेकोमा गत वैशाखदेखि सन्ततिको पनि स्वास्थ्य उपचार सेवा सुरु गरे लगत्तै कर्मचारी सञ्चय कोषले पनि परिवारका अन्य सदस्यमा स्वास्थ्य उपचार सुविधा सुरु गर्न लागेको हो ।
बुधबार उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को वजेटमा कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताका पति र पत्नीका लागि प्रदान गरिँदै आएको स्वास्थ्य उपचार सुविधालाई परिवारका अन्य सदस्यमा समेत विस्तार गर्ने भएको हो ।
पति र पत्नीको उपचार सुविधा पनि सामाजिक सुरक्षा कोषले ल्याए लगत्तै कर्मचारी सञ्चय कोषले सुरु गरेको थियो ।

Leave a Reply