काठमाडौं । सरकारले करार सेवाका कर्मचारी र अस्थायी तथा राहत शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने घोषणा गरेको छ ।
संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटमा यस्तो घोषणा गरिएको हो ।
अर्थमन्त्री पौडेलका अनुसार स्वीकृत दरबन्दी भित्र करार सेवामा रहेका कर्मचारी र अस्थायी तथा राहत शिक्षकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध गराइने भएको छ ।
यसका लागि रोजगारदाता र योगदानकर्ताबाट १० प्रतिशत योगदानसहितको छुट्टै प्याकेज बनाएर कार्यान्वयन गरिनेछ ।

Leave a Reply