काठमाडौंमा मेट्रो र मोनो रेलको सम्भाव्यता अध्ययन हुने

काठमाडौं । सरकारले काठमाडौंमा मेट्रो र मोनो सञ्चालन गर्न अध्ययन गर्ने भएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त जानकारी गराए ।

काठमाडौं उपत्यकाको सार्वजनिक यातायात व्यवस्थापन गर्न आधुनिक र व्यवस्थित गर्नका लागि रेल सञ्चालनको लागि सम्भाव्यता अध्ययन गर्न लागेको हो ।

काठमाडौंमा रेल सञ्चालनको कुरा लामो समयदेखि उठ्दै आएको छ । देशभर नै रेल सञ्चालको लागि विभिन्न ठाउँमा अध्ययन हुने भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *