अब केन्द्रले कर लिएपछि प्रदेश वा स्थानीय तहले लिन नपाउने

काठमाडौं । अब दोहोरो कर नलाग्ने भएको छ । केन्द्र सरकारले कर लिएपछि प्रदेश वा स्थानीय सरकारले कर लिन नपाउने भएको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै करसम्बन्धी दाेहाेराे अवस्थाकाे अन्त्य गर्ने बताएका हुन् ।

विदेशबाट वस्तु आयात गर्दा वा उत्पादन भएको बस्तुको विक्रीमा केन्द्र सरकार र प्रदेश तथा स्थानीय तहले कर लिदै आएको भनेर विरोध हुदै आएको थियो । केन्द्र सरकारले कर लिएपछि स्थानीय वा प्रदेश सरकारले पुनः कर लिन नपाउने भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *