काठमाडौं । सरकारले भर्खरै नियुक्त गरेका नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलको नियुक्ति बदरको माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चले कारण देखाउ आदेशसँगै अन्तरिम आदेशका बारेमा छलफलमा बोलाएको छ ।
अधिवक्ता विशाल थापा लगायतले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, अर्थ मन्त्रालय, गभर्नर सिफारिस समिति, नेपाल राष्ट्र बैंक र गर्भनर मा नियुक्ति पाएका डा.विश्वनाथ पौडेललाई प्रतिवादी बनाएर शुक्रबार सर्वोच्च अदालत प्रशासनमा पेस गरेको रिट मंगलबार सर्वोच्चमा दर्ता भएको थियो । उक्त मुद्दामा बुधबार न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासमा पेशी तोकिएको थियो ।
रिट निवेदनमा पौडेललाई राजनीतिक पृष्ठभूमिका व्यक्ति भएको, मौद्रिक क्षेत्र सम्बन्धी आवश्यक अनुभव नभएको तथा राष्ट्र बैंक ऐन, २०५८ को दफा १५ अनुसार आवश्यक शैक्षिक योग्यता नपुगेको दाबी गरिएको छ । सिफारिस समितिमा रहेका व्यक्तिले राजीनामा गरी नीहित स्वार्थका आधारमा प्रतिस्पर्धा नगरी नियुक्त गरिएको पनि रिट निवेदनमा उल्लेख छ ।

Leave a Reply