प्रधानमन्त्रीले काठमाडौंमा संगीतमय नियन्त्रणको कुरा गर्नुभएको होः गृहमन्त्री लेखक (भिडिओ)

काठमाडौं। गृहमन्त्री रमेश लेखकले अहिलेको संविधान र गणतन्त्रात्मक व्यवस्था उल्टाउने विषयलाई सहन गर्न नसक्ने बताएका छन् । भोलि काठमाडौमा शान्ति सुरक्षाको उचित प्रवन्ध गरिने उनले बताए ।

आफ्नो राजीनामा मागको विषयलाई सम्वोधन गर्न आयोजित पत्रकार सम्मेलनमा उनले ठूलो त्याग तपस्या र बलिदानबाट प्राप्त भएको यो संविधान र व्यवस्थालाई जोगाउन सरकार प्रतिवद्ध रहेको उल्लेख गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ मा काठमाडौं कब्जा गर्न एमाले कार्यकर्तालाई दिएको निर्देशनका विषयमा पनि लेखकलाई सोधिएको थियो । जवाफमा उनले प्रधानमन्त्रीले राजनीतिक नियन्त्रण नभएर सांगीतिक नियन्त्रणको कुरा गरेको बताए ।

गृहमन्त्रीको भनाइ यस्तो थियो

सम्माननीय प्रधानमन्त्रीले गणतन्त्र दिवसलाई उत्साहका साथ संगीतमय रुपमा र सांस्कृतिक कार्यक्रमका साथ बनाउँ भन्नुभएको हो । परम्परागत बाजाहरुको सडकमा प्रदर्शन गरेर यसलाई गणतन्त्र दिवसको महोत्सवका रुपमा मनाउँ भन्नुभएको अर्थमा मैले बुझेको छु । उहाँले संगीतमय नियन्त्रणको कुरा गर्नुभएको हो । यो कुनै राजनीतिक नियन्त्रण वा हिंसात्मक नियन्त्रणको कुरा उहाँले गर्नुभएको होइन । संगीतको नियन्त्रण भन्नुभएको हो । पूरै काठमाडौं उपत्यका जेठ १५मा संगीतको नियन्त्रणमा हुन्छ भन्नुभएको अर्थमा मैले बुुझेको छु ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *