तीर्थ भट्टराई गृहमा कसरी आए ? लेखकले लिए प्रचण्ड-बालकृष्णदेखि रविसम्मको नाम (भिडिओ)

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा अख्तियारको छानवीनमा परेका त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका निर्देशक तीर्थ भट्टराईलाई गृह मन्त्रालयमा आफूले नल्याएको प्रष्ट पारेका छन् ।

संसद भवनमा पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले भट्टराईलाई आफूले नै गृह मन्त्रालयमा ल्याएर उक्त ठाउँमा पठाएको जस्तो प्रचार गरिएको भन्दै उनले विगत ५ वर्षदेखि उनी गृह अन्तर्गत नै रहेको बताए ।

 

मन्त्री लेखकले भट्टराईलाई २०७७ सालमा तत्कालीन गृहमन्त्री रामवहादुर थापा बादलको पालामा गृह मन्त्रालयबाट गोरखा र त्यसपछि महोत्तरीको प्रमुख जिल्ला अधिकारी बनाइएको स्मरण गराए ।

त्यस्तै भट्टराईलाई २०७८ सालमा बालकृष्ण खाँण गृहमन्त्री भएका बेला गृह मन्त्रालय अन्तर्गत पन्जिकरण विभागको महानिर्देशक बनाइएको र सोही वर्ष मोरङको सिडिओ बनाइएको बताए ।

२०७९ सालमा प्रचण्डले गृहमन्त्रीको समेत कार्यभार सम्हालेको बेला गृह मन्त्रालयमा ल्याइएको र नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुन्जेल उनी सोही विभागका रहेको बताए । त्यसपछि रवि लामिछाने गृहमन्त्री भएका बेला भट्टराईलाई २०८० साउन ४ गते हेटौंडास्थित मुख्यमन्त्री कार्यालयबाट गृहमा ल्याइएको लेखकले बताए ।

उनले आफू गृहमन्त्री भएर आउँदा उनी कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक रहेको बताए । लेखकले एउटा कर्मचारीमाथि अनुसन्धान हुँदा मन्त्रीले राजीनामा दिने हो भने कोही मन्त्री नै बाँकी नरहेको बताए ।

Comments

3 responses to “तीर्थ भट्टराई गृहमा कसरी आए ? लेखकले लिए प्रचण्ड-बालकृष्णदेखि रविसम्मको नाम (भिडिओ)”

  1. bipin Avatar
    bipin

    hahaha kasle patuncha hola

  2. Chhabi Lal Sharma Avatar
    Chhabi Lal Sharma

    मन्त्रीज्यू तपाइ कै अनुसार पनि तपाइ बाहेक अरू कसैले पनि तीर्थ भट्टराईजीलाइ त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयकाे निर्देशक पदमा पठाएको देखिदैन त ?

  3. हरिहर Avatar
    हरिहर

    २०७९ सालमा प्रचण्डले गृहमन्त्रीको समेत कार्यभार सम्हालेको बेला गृह मन्त्रालयमा ल्याइएको र नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुन्जेल उनी सोही विभागका रहेको कुराले त बन्दुक त कुरा उठाउने तिर नै सोझियो त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *