विपक्षीले अडान नछाडेपछि प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर भोलि दिउँसो साढे १ बजेसम्मका लागि स्थगित भएको छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षीले सदन अवरुद्ध गरेपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए।

त्यसपछि साढे ३ बजेलाई तय भएपनि विपक्षीले अडान नछाडेपछि भोलिसम्मको लागि बैठक स्थगित गरिएको हो। सदनमा आज गृहमन्त्रीले ले सदनमा बोल्ने तयारी गरेका छन् । तर, विपक्षी दल बोल्न नदिने अडानमा छन् ।

संसद बैठक अवरुद्ध भएपछि गृहमन्त्री रमेश लेखकले अहिले साँझ पत्रकार सम्मेलन गर्ने भएका छन् । साँझ ५ बजे संसीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्न लागिएको गृहमन्त्रीको सचिवालयले जनाएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *