बागमती प्रदेश : सरकारको नीति तथा कार्यक्रम पेश (पूर्णपाठ)

हेटौंडा । बागमती प्रदेश सरकारको आगामी आर्थिज वर्षको नीती तथा कार्यक्रम आज प्रदेशसभामा पेश गरिएको छ ।

प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम बुधबारको प्रदेशसभा बैठकमा पेश गरेका हुन् ।

सरकारको तर्फबाट भएको नीति तथा कार्यक्रममा आगामी बजेटमा योजना बैंकमार्फत कर्यक्रम अघि बढाउने बताइएको छ ।

हरेक वर्षको बजेटमा विवाद बढेपछि यो पटक सरकारले योजना बैङ्क मार्फत निर्वाचन क्षेत्रको कार्यक्रम तय गर्ने नीति अघि सारेको हो । सरकारले विपद जोखिमलाई ध्यान दिएर आगामी आर्थिक वर्षबाट विपद विमा कार्यक्रम ल्याउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेश सरकारको मातहतमा आफ्नै प्रहरी नहुँदा समस्या भएको उल्लेख गर्दै सरकारले नीती तथा कार्यक्रम मार्फत अन्य प्रदेश सरकारसंघको समन्वयमा संघिय सरकारसङ्ग प्रदेश प्रहरीको विषयमा छलफल गर्ने उल्लेख गरेको छ ।

नीति तथा कार्यक्रमले भौतिक पुर्वाधार निर्माणमा जोड दिएको छ । भौतिक निर्माणको लागि एकद्वार प्रणालीको विकास गरिने कार्यक्रममा उल्लेख छ ।

सरकारले ‘एकीकृत बस्ती, समृद्ध शहरको नीति’लाई अघि बढाउदै प्रदेश भित्रका ती क्षेत्रको पहिचान गर्नुको साथै उदयमान सहरको स्थापना गर्ने उल्लेख गरेको छ ।

‘सडक र पुल : विकासको मूल’ भन्ने नारा सहित प्रादेशिक सडकको गुरुयोजना अधावदिक र प्रदेश लोकमार्ग निर्माणमा सरकारले ध्यान दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *