काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसामा विदेश गएकाहरूलाई घुस दिन बाध्य भएर दिएको प्रमाण भए पठाउन अपिल गरेको छ । रास्वपाका सांसदद्वय शिशिर खनाल र सोविता गौतमले ‘अन्याय सहेर बस्ने होइन, बोल्ने र बदल्ने समय आएको’ भन्दै यस्तो आह्वान गरेका हुन् ।
रास्वपाले यो प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको भन्दै राजीनामालाई बटमलाइन बनाएर सदन अवरोध गरिरहेको छ ।
उनीहरूले लेखेका छन्-
भिजिट भिसामा विदेश जानुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई अनुरोध छ, विदेश जानुअघि वा पछि तपाईंलाई कसले, कुन माध्यमबाट, कुन खातामा कति घुस तिर्न बाध्य बनायो ? यदि तपाईंसँग प्रमाण छ भने, कृपया मलाई shisirktm@gmail.com, sobitarsp@gmail.com मा पठाइदिनुहोस् ।

Leave a Reply