काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीका केन्द्रीय सदस्य समेत रहेका गोविन्द आचार्यलाई प्रेस सेन्टर नेपालको सहइन्चार्जको जिम्मेवारी दिएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रमुख स्वकीय सचिव समेत रहेका आचार्यलाई संगठनको सहइन्चार्जको जिम्मेवारी दिइएको हो ।
सेन्टरको इन्चार्जको जिम्मेवारीमा अहिले पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटा रहेका छन् । आचार्य यस अघि पार्टीको आइसीटी फोरमको अध्यक्षको जिम्मेवारीमा थिए ।
यस्तै सेन्टरका निवर्तमान अध्यक्ष एवं पार्टीका केन्द्रीय सदस्य विष्णु सापकोटा जुगललाई आइसीटी फोरमको सहइन्चार्जको जिम्मेवारी दिएको छ भने संगठनका निवर्तमान उपाध्यक्ष निर्मल ज्ञवालीलाई आइसीटी फोरमको अध्यक्षको जिम्मेवारी दिएको छ ।
पार्टीले यस अघि संगठनका पूर्व अध्यक्ष बलराम थापालाई पार्टीको प्रचार विभागको सचिवको जिम्मेवारी दिएको छ ।

Leave a Reply