पालिकालाई जग्गा प्राप्ती स्वीकृतदेखि सचिव सरुवासम्म- यी हुन् क्याविनेटका २८ निर्णय

काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार साँझको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका छन् ।

बैठकले १० सचिवहरूको सरुवा गरेको छ । बैठकले सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा पेश गर्न स्वीकृति प्रदान गरेको छ भने सार्वजनिक सेवा प्रशारण नियमावली २०८२ स्वीकृत गर्नुका साथै बिज्ञापन बोर्डको रिक्त अध्यक्ष पदमा लक्ष्मण हुमागाईलाई नियुक्त गरेको छ ।

जापान सरकारबाट छात्रवृत्ति परियोजनाका लागि प्राप्त हुने करिब ५३ करोड ७६ लाख बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशक पदमा वरिष्ठ बैज्ञानिक डा. कृष्णप्रसाद तिम्सिनालाई नियुक्त गर्ने निर्णय गरेको छ । ईपीएसमार्फत नेपाली नागरिकलाई रोजगारीका लागि कोरिया पठाउनेसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने र उक्त समझदारीपत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने निर्णयसमेत भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *