बूढानीलकण्ठमा प्रधानमन्त्रीको अभिव्यक्तिबारे छलफल होला सोचेको थिएँ, मेरोबारे भएछ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य डा.शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । जीपी कोइराला लेबर फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीको अभिव्यक्तिबाट निरंकुशताको सुरुआत भएको टिप्पणी गरे ।

प्रधानमन्त्री ओलीले आइतबार एक कार्यक्रममा बोल्दै जेठ १५ गते काठमाडौं एमालेले कब्जा गर्ने अभिव्यक्ति दिएका थिए । त्यसको कांग्रेसका अन्य नेताहरूले पनि विरोध जनाएका छन् ।

कोइरालाले प्रधानमन्त्री तहबाट आएका यस्ता अभिव्यक्ति मानव अधिकारका मूल्यमान्यता विपरीत, लोकतान्त्रिक व्यवस्था विपरीत भएकाले खुलेर विरोध गर्न नेता कार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै कोइरालाले हिजो पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकमा आफूसहित तीन नेतालाई स्पष्टीकरण सोध्न भएको प्रस्तावबारे पनि बोले ।
हिजोको बैठकमा नेता शशांक कोइरालाले शेखरसहित राजेन्द्र बजगाईँ र सुनिल शर्मालाई स्पष्टीकरण सोध्ने प्रस्ताव गरेका थिए ।

त्यसबारे कोइरालाले भने, ‘हिजोको बैठकले प्रधानमन्त्रीको अभिव्यक्तिबारे छलफल होला सोचेको थिएँ, तर मेरोबारे छलफल भएछ, मलाई खुसी लाग्यो ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *