राजावादीलाई ‘काउन्टर’ दिन जेठ १५ को तयारीमा जुट्यो एमाले- च्यासलमा बैठक जारी

काठमाडौं । एमालेले जेठ १५ गते आयोजना गर्ने जनप्रदर्शनको तयारीका लागि जनसंगठन पदाधिकारीको बैठक बसिरहेको छ ।

पार्टी मुख्यालयमा जारी बैठकमा प्रदर्शनका दिन बढीभन्दा बढी सहभागिता जुटाउने रणनीतिमा छलफल हुने बताइएको छ । एमालेको हिजोको सचिवालय बैठकले गणतन्त्र दिवसलाई देशभर उत्सवका रूपमा मनाउने निर्णय गरेको थियो ।

जेठ १५ गते राजावादीको आन्दोलनलाई समेत ध्यान दिएर एमालेले ‘काउन्टर’ प्रदर्शनको तयारी थालेको हो ।

च्यासलमा जारी बैठकमा एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, सचिव लेखराज भट्ट, योगेश भट्टराई, पद्मा अर्याललगायत उपस्थित छन् ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राजावादीको आन्दोलन निस्तेज पार्न जेठ १५ गते बिहान ११ देखि अपरान्ह २ बजेसम्म काठमाडौंलाई नियन्त्रणमा लिन पार्टी पंक्तिलाई निर्देशन दिएका थिए ।

एमालेले गणतन्त्र दिवसको उत्सवमा सक्रिय सहभागिताका लागि नागरिकमा अपिल पनि गरेको छ ।

Comments

One response to “राजावादीलाई ‘काउन्टर’ दिन जेठ १५ को तयारीमा जुट्यो एमाले- च्यासलमा बैठक जारी”

  1. Nick Kashyap. Avatar
    Nick Kashyap.

    निभ्न लागेको बति चम्किलो भएको जस्तै हो तिमी मार्क्सबादीहरू, भ्रष्टाचारीको संरक्षक।

Leave a Reply

Your email address will not be published. Required fields are marked *