लुम्बिनी प्रदेश सभाको नवौं बैठक आज बस्दै

रूपन्देही । लुम्बिनी प्रदेश सभाको नवौं बैठक आइतबार दिउँसो १ बजे बस्ने भएको छ।

प्रदेश सभा सचिवालयका अनुसार बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८२र०८३ को प्रदेश विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन् ।

यस बैठकलाई आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि नीति तथा प्राथमिकता तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलले आगामी विकास योजनाहरू र बजेट वितरणको मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ । सरकारले पेश गरेको नीति तथा कार्यक्रम शनिबार बसेको बैठकले पास गरेको छ । यो सँगै सरकारलाई बजेट निर्माणको बाटो सहज भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *