काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा मुख खोलेका छन् । धनुषा पुगेका गृहमन्त्री लेखकले केही दिनमा यसबारेमा आफूले विस्तृतमा बोल्ने बताए ।
उनले भने, ‘केही दिनदेखि भिजिट भिसासँग जोडेर मेरोबारेमा सामाजिक सञ्जालमा लेख्ने काम भइरहेको छ । दुईतीन दिन किन चुप लागेर बसेको थिएँ भने यो कहाँबाट, कसरी, किन भइरहेछ भने खोजी राखेको थिएँ । यस विषयमा मैले धेरै कुरा थाहा पाइसकेको छु ।’
उनले आजै काठमाडौं गइसकेपछि मन्त्रालयले विज्ञप्ति निकाल्ने बताए ।
गृहमन्त्री लेखकले थपे, ‘दुईचार दिनमा आफैँ पनि केही कुरा बोल्छु । अनि देशभरका साथीहरूलाई प्रस्ट हुन्छ । त्यसो हुनाले त्यतातिर अहिले धेरै बोल्दिनँ । यसमा आत्तिनुपर्ने कुनै कारण छैन । मैले जीवनभरि राजनीति गर्दा पार्टीका सार्थीहरूको मन सानो हुने, टाउको निहुरिने काम गर्दैनँ । जुन दिन मेरा हातले कुनै गलत काम हुन्छ, त्यो दिनदेखि म राजनीतिमा देखापर्दिनँ । उठेका सबै विषयहरुलाई ठीक ढंगले जवाफ दिन्छु ।’

Leave a Reply