काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस नेता खगेन्द्रराज रेग्मीमाथि माओवादीले गोली चलाउन कायरता भएको स्मरण गरेको छन्।
रेग्मीको प्रथम स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारको नाममा नागरिकमाथि गोली प्रहार गर्नु माओवादीको हिंसाको चरम कायरता भएको टिप्पणी गरे।
उनले भने, ‘जति बेला माओवादीहरूले उहाँलाई गोली हाने, माओवादीको त्यो कायरतापूर्ण घटना थियो, समाजमा जनताको अधिकारको लागि, समाज विकासको लागि महत्त्वपूर्ण प्रभाव राख्नेसक्ने मानिसमाथि माओवादीको गोली प्रहार, माओवादीको हिंसा चरम कारयताको चिन्ह थियो त्यसबेला।’
उनले माओवादीका नेताहरूले अहिले जनयुद्धको समयमा केही ठाउँमा आफूहरूले गल्ती गरेको भन्ने गरेको पनि बताए।
उनले थपे, ‘माओवादीका नेताहरूले पनि अहिले कतिपय ठाउँमा हाम्रो गल्ती भएको छ भन्छन्, कति ह्यदयदेखि भन्छन् कति हाम्रो सामु मात्रै भन्छन् त्यो उहाँहरूको कुरा हो।’

Leave a Reply