रिपोर्टिङमा गएका नेपाल प्रेसकर्मी कार्कीलाई प्रहरीले सर्वोच्च गेटबाट निकाले (भिडिओ)

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको मुुद्दामा हुने आदेशको रिपोर्टिङ गर्न गएका नेपाल प्रेसकर्मी उमेश कार्कीलाई सुरक्षाकर्मीले सर्वोच्चको गेटबाट जबरजस्ति निकालेका छन् । आफूले प्रेस कार्ड देखाउँदा पनि वेवास्ता गर्दै दुव्र्यवहार गरिएको कार्कीले बताए ।

सर्वोच्चको पत्रकार सम्मेलनका लागि कार्की अन्य केही सञ्चारकर्मीसँग प्रवक्ताको कक्षमा प्रतिक्षारत थिए । एकैछिन सो कक्षबाट निस्किएर बाहिरको अवस्था हेर्न खोज्दा सुरक्षाकर्मीले आफूलाई नियन्त्रणमा लिएर बाहिर निकालेको कार्कीको भनाइ छ ।

‘मैले आफ्नो सामानहरु भित्रै रहेको बताउँदासमेत लिन जान दिइएन’, उनले भने ।

अदालत बाहिरबाट भएको लाइभ भिडिओमा समेत सुरक्षाकर्मीले कार्कीलाई धेकेलेर निकाल्दै गरिएको देखिन्छ । कार्कीका अनुसार सिंहदरबार परिसरका डिएसपी, सर्वोच्चका डीएसपी र एक एसपीले उनीमाथि दुव्र्यवहार गरेका हुन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *