बाबुरामले माओवादी युद्धमा थोरै मान्छे मारिएको बताएपछि द्वन्द्वपीडितकाे आपत्ति (भिडिओ)

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी युद्धमा भएको हताहतिलाई लिएर विवादास्पद अभिव्यक्ति दिएका छन् । उनले अन्य देशमा ठूला क्रान्ति हुँदा द्वन्द्व हुँदा लाखौं मारिने, तर नेपालमा १७ हजार मात्रै मारिएको बताएपछि द्वन्द्वपिडितहरु आक्रोशित बने ।

नेपाल मानवअधिकार संगठनले बिहीबार काठमाडौंमा आयोजना गरेको मानव अधिकार र लोकतन्त्रमा संक्रमणकालीन न्यायको असर विषयक नागरिक स्तरीय छलफलमा नेसपाका अध्यक्ष भट्टराईले नेपालमा क्रान्तिमा तुलनात्मक रुपमा थोरै मानिसको मृत्युले आमूल परिवर्तन भएको र अब संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउनुपर्ने बताएपछि विवाद भएको थियो ।

उनको वक्तव्यपछि आफूलाई द्वन्द्वपीडित बताउने सहभागीले उठेर प्रश्न गर्दै भने, ‘तपाईंले अरुतिर धेरै मानिस मरेको भन्नु भयो के नेपालमा अझै मान्छे मर्नु पर्थ्यो भन्नुभएको हो ? पूर्वप्रधानमन्त्रीले बोलेको यही हो ?’

त्यसपछि हतार हतार गर्दै भट्टराईलाई उनका सहयोगीहरुले बाहिर निकालेका थिए ।

भट्टराईले सशस्त्र द्वन्द्व राज्यपक्ष र सशस्त्र द्वन्द्वपक्षले बराबरी दायित्व लिएर शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्याउनुपर्ने बताए । भट्टराईले सशस्त्र द्वन्द्वका समयमा राज्यको सेना र क्रान्तिकारी सेनागरि दुईथरी सेना रहेको र उनीहरुको द्वन्द्वका क्रममा १७ हजारको ज्यान गएको भन्दै बराबरी दायित्व लिएर शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्याउनुपर्ने बताए ।

उनले विश्वमा भएका द्वन्द्वमा हजारौ लाखौं मारिएपनि नेपालमा भएको सशस्त्र द्वन्द्वमा १७ हजारको मात्रै मृत्यु भएको जिकिर गरे ।

तत्कालीन समयमा भएको त्रिपक्षीय राजनीतिक संघर्षपछि एक पक्ष निरंकुश राजतन्त्र अन्त्य भइसकेको अवस्थामा अब शान्तिप्रक्रियालाई टुङ्ग्याउनु राज्यपक्ष र सशस्त्र द्वन्द्वपक्षको बराबरीको दायित्व भएको उनले बताए ।

विश्वको तुलनामा नेपालमा थोरै मात्रै मान्छेको ज्यान गएको धारणा राखेपछि द्वन्द्वपीडितले भट्टराईको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए ।

पूर्वप्रधानमन्त्रीजस्तो मान्छेले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै विरोध भएपछि भट्टराई कार्यक्रमको बीचबाटै बाहिरिनुपरेको थियो ।

Comments

2 responses to “बाबुरामले माओवादी युद्धमा थोरै मान्छे मारिएको बताएपछि द्वन्द्वपीडितकाे आपत्ति (भिडिओ)”

  1. प्रोटिन गुलाम Avatar
    प्रोटिन गुलाम

    यो खाते लाई लात हानेर कालो मोसो दलेर गोबार कोचाउनु परने हो ।बाबुराम पनि मानछे हो।साला खाते नेपाली को नेता येसताको पछि लागने कुकुर हरु

  2. samir Avatar
    samir

    यस्ले आफ्ना छोराछोरी विदेशमा पढाएर जनताको छोराछोरी मार्न लगाउने हत्यारा , आतंककारी हो यो!
    यसलाई त्यही कार्यक्रममा नछाड्नुपर्ने!

Leave a Reply

Your email address will not be published. Required fields are marked *