पर्यटन राज्यमन्त्री चौधरीको घरमा चोरी

कैलाली । नागरिक उन्मुक्ति पार्टीका नेता तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीको घरमा चोरी भएको छ।

कैलालीको लम्कीचुहा नगरपालिका-४ बलियामा रहेको चौधरीको घरमा सुनचाँदीसहित करिब २० लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको बताइएको छ।

चोरी कहिले भएको भन्ने यकिन नभए पनि हिजो मात्रै घरमा पुग्दा चोरी भएको थाहा भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

चोरले घरको ढोका फोडेर भित्र पसेर सुनचाँदीका गहना तथा नगद समेत लुटपाट गरेको भन्दै प्रहरीलाई जानकारी पुगेपछि तत्काल प्रहरी राज्यमन्त्री चौधरीको घर पुगेको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको र चोरीमा संलग्नहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *