काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका सांसद सूर्य थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई जवाफ फर्काएका छन्।
राजतन्त्र पुनर्स्थापनाका संयुक्त जनआन्दोलन समिति र घटक दलहरूको तयारी बैठकलाई सम्बोधन गर्दै आज लिङ्देनले राजा फर्काएरै छाड्ने र प्रधानमन्त्रीलाई भाग्न हेलिकप्टरको सुविधा दिने अभिव्यक्ति दिएका थिए।
उनले भनेका थिए, ‘अस्ति भर्खरै प्रधानमन्त्रीले संसदमा भन्दै हुनुहुन्थ्यो। प्रधानमन्त्रीले भन्नुभयो अब उमेरको हिसाबले पनि भाग्न सकिँदैन, भाग त भन्नुभएन नि हो भन्नुभयो। भाग्न सकिन्न भने पनि सम्झौता नगर्ने हो भने उहाँहरूलाई हेलिकोप्टरबाट जाने मौका दिनुपर्छ हामीले। हेलिकोप्टरको सुविधा प्रयोग गर्न छुट दिने। त्यसरी हामीले हाम्रो आन्दोलन अगाडि लाने हो। लाने हो यसपालि टुङ्ग्याएर छाड्ने हो।’
त्यसबारे थापाले जवाफ फर्काउँदै तपाईँको हेलिकप्टरवाला प्रस्तावलाई हामी पूर्व आन्दोलनकारीहरूले कसरी बुझौँ? भन्दै प्रश्न गरेका छन्।
लिङ्देनको फोटो राख्दै थापाले फेसबुकमा लेखेका छन्,’धेरै ठूलो कुरा गर्नु भएछ, जानकारी भयो । बहालवाला प्रधानमन्त्रीलाई भाग्नका लागि हेलिकप्टरको समेत व्यवस्थाको कुरा गर्नुभएछ- थाहा भयो ।
अहिलेका प्रधानमन्त्री वा मन्त्रीहरू आन्दोलनबाटै आएकाहरू हुन्, जसले आन्दोलनमा लागे बापत आफूलाई दसकौँ बिना कसुर, बिना मुद्दा काल कोठरीमा राख्यो, अङ्गभङ्ग गरायो, तिनै पात्रलाई समेत उनीहरूले आन्दोलन सफल भएपछि– ‘फर्गिव नट फर्गेट’ अर्थात्, ‘नबिर्स तर क्षमा गर’को नीति अनुरूप ‘भागे भाग नत्र मार्छु’ भनेनन् ।
तपाईँको हेलिकप्टरवाला प्रस्तावलाई हामी पूर्व आन्दोलनकारीहरूले कसरी बुझौँ ? प्रतिस्पर्धा–सहअस्तित्व–सहकार्यको रूपमा कि, ‘कि तँ छैनस्–कि म छैन’को निषेधकारी दृष्टिकोणमा रु एक पटक ठण्डा दिमागले सोच्नुहोस्, जुनसुकै शर्त मन्जुर छ । जनताले पराजित गरेकाहरू संविधानको धारा २७० जपिरहनु भएको छ, तपाईँको त उम्रिँदै होइन, नउम्रिँदै तीन पात देखिँदै छ।

Leave a Reply