युरोपेली युनियनका राजदूतहरू विद्युत् प्राधिकरण भ्रमणमा

काठमाडौं । नेपालका लागि युरोपेली युनियनका राजदूतहरू विशिष्ट प्रतिनिधि मण्डलले मङ्गलवार नेपाल विद्युत् प्राधिकरण भ्रमण गरी नेपाल भारत विद्युत् व्यापार र ग्रामीण विद्युतीकरणबारे जानकारी लिएका छन् ।

प्राधिकरणका स्रोतका अनुसार नेपालका लागि युरोपेली युनियनका राजदूत वेरोनिक लोरेन्जोको नेतृत्वमा भएको उक्त भ्रमणमा युरोपेली देश अस्ट्रियादेखि स्विडेनसम्मका राजदूत तथा दूतावासका उच्च पदस्थ अधिकारीहरू गरी २० जना सहभागी थिए ।

टोलीले भार सम्प्रेषण केन्द्रको कार्य अवस्था, नेपाल भारत विद्युत् व्यापार र त्यसलाई भार सम्प्रेषण केन्द्रबाट गरिएको नियन्त्रण बारे पनि राजदूतहरूले जिज्ञासा राखेका थिए ।

युरोपेली युनियनको सहयोगमा भरतपुर, पोखरा र बुटवलको त्रिकोणमा सञ्चालित ग्रामीण विद्युतीकरणबारे राजदूतहरूले विशेष चासो राखेका थिए । उनीहरुले त्यसको अवस्था, उत्पन्न प्रभाव र चुनौती बारे समेत जिज्ञासा राखेका थिए ।

राजदूतका प्रश्नहरूको जवाफ प्राधिकरणका महाप्रबन्धक हितेन्द्रदेव शाक्यले दिएका थिए । साथै उनले राजदूतहरूलाई प्राधिकरणको भार सम्प्रेषण केन्द्रका बारेमा विस्तृत जानकारी गराएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *