आजबाट बङ्गलादेशमा सुरु भयो एलन मस्कको स्टारलिङ्क इन्टरनेट, दक्षिण एसियाकै पहिलो बन्यो

काठमाडौं । विश्वका सर्वाधिक धनाढ्य एलन मस्कको स्टारलिङ्क इन्टरनेट सेवा आजदेखि बङ्गलादेशमा सुरु भएको छ। बङ्गलादेशका अन्तरिम सरकार प्रमुख महोम्मद युनुसले अब कुनै पनि राजनीतिक आन्दोलनका कारण इन्टरनेट सेवा अवरुद्ध नहुने बताएका छन्।

बेलायती समाचार एजेन्सी रोयटर्सका अनुसार स्टारलिङ्कको इन्टरनेट सेवा तीव्र गतिको हुनेछ। मासिक प्याकेज ४,२०० बङ्गलादेशी टाकाबाट सुरु हुनेछ भने उपकरण र सेटअपका लागि ४७,००० टाका लाग्नेछ।

स्पेसएक्सले सञ्चालन गर्ने स्टारलिङ्क सेवा आजैदेखि देशभर उपलब्ध भएको हो। हाल विश्वका ७० भन्दा बढी देशमा स्टारलिङ्कको इन्टरनेट सेवा सुरु भइसकेको छ।

नेपालमा पनि यो सेवा सुरु गर्नेबारे एलन मस्कले प्रधानमन्त्री ओलीसँग अनलाइन तथा उनको टोलीले अफलाइन कुराकानी अघि बढाइसकेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *