मेटमणि प्रस्ताव- सबै जग्गा सरकारको स्वामित्वमा ल्याएर व्यक्ति र संस्थाको नाममा भएको लालपुर्जा खारेज गरौं (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले सरकारले भूमि विधेयक गलत ढंगले ल्याएको भन्दै करेक्सन गर्न आग्रह गरेका छन्। विधेयकमाथि प्रतिनिधि सभामा छलफलको क्रममा उनले भूमि राज्यको हुनुपर्ने बताए।

उनले भने, ‘आज कम्युनिष्ट पार्टीको मान्छे प्रधानमन्त्री पनि हुनुहुन्छ। भूमि मन्त्री पनि कम्युनिष्ट पार्टीकै हुनुहुन्छ। यस्तो बेलामा थोरै मान्छे धनी बन्दै जाने, अधिकांश मानिसहरु गरिब बन्दै जाने कुरामा भूमि पनि एउटा माध्यम बनेको छ। भूमि राज्यको हुनुपर्छ, व्यक्ति, सामाजिक संघसंस्था कम्पनीको भन्दापनि भूमि राज्यको हुनुपर्छ।’

उनले सबै भूमि सरकारको स्वामित्वमा ल्याउनुपर्ने बताए। उनले विभिन्न व्यक्ति र संघसस्थाहरुको नाममा रहेको स्वामित्व, कित्ता नम्बर र लालपुर्जा आजैदेखि खारेज गर्नुपर्ने प्रस्ताव अघि सारे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *