कांग्रेसलाई राप्रपा सांसदको व्यंग्य- सदनमा कम उपस्थित हुनुहुन्छ, गभर्नर खोज्न जानुभयो की प्रधानमन्त्री ? (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले प्रतिनिधि सभाको बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसका सांसदहरूको कम उपस्थित भएको भन्दै कटाक्ष गरेकी छन्।

प्रतिनिधि सभाको बैठकमा कांग्रेसका सांसदहरू प्रधानमन्त्री खोज्न जानुभयो कि गभर्नर भन्दै व्यंग्य गरिन्।

उनले भनिन्, ‘आज त नेपाली कांग्रेसका माननीयज्युहरु सात आठ जनादेखि बढ्ता त देखिँदैन नि उहाँहरू कता जानुभयो ? गभर्नर खोज्न जानुभयो की प्रधानमन्त्री खोज्न जानुभयो ? तपाईँहरू एकदमै कम्ती हुनुहुन्छ। ठूलो पार्टी भएको भएर मलाई त शंका लागेको छ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *