काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कर्णालीबाट राज्य व्यवस्था सार्न सरकारलाई चुनौती दिएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै हुम्लामा गएको हिम पहिरोमा परेकाहरूको अझै उद्धार नगरेको भन्दै असन्तुष्टि जनाए।
उनले भने,‘मन्त्रीहरूको सवारी हुँदा सरकारी हेलिकप्टर घुमेको घुम्यै हुने, हुम्लामा हिम पहिरो गएर जनताहरू रोइरहेका छन्, यो सरकारले एउटा हेलिकप्टर पठाउन सकेको छैन। के कर्णालीलाई हेपेको हो ? यदि हेपेको हो भने कर्णालीलाई अलग बनाउनुस्, तपाईँको राज्यव्यवस्था कर्णालीबाट सार्नुस्। हामी चलाएर देखाउँछौँ।’
उनले हिम पहिरोले जनता मरिरहेको बेलामा सगरमाथा संवादको नाममा नाटक गरेको टिप्पणी गरे। उनले हिम पहिरोमा परेकाहरूको उद्धार गर्नको लागि सरकारलाई रुलिङ गन पनि माग गरे।

Leave a Reply