निर्वाचित जनप्रतिनिधिको भूमिका कमजोर बनाउने कार्य स्वीकार हुँदैन: सूर्य थापा (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले निर्वाचन क्षेत्रको विकासका लागि निर्वाचित सांसदहरूलाई प्रत्यक्ष जोड्न आवश्यक रहेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसदको भूमिकालाई अझै प्रभावकारी बनाउन आवश्यक रहेको बताए।

उनले भने,‘समाजमा एकथरी मान्छेहरू यस कार्यमा सांसदलाई अलग गर्नुपर्ने वाहियात छलफल चलाइरहेका भेटिन्छन्। १६५ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसदहरू आआफ्नो क्षेत्रको विकासको सक्रिय योगदान दिने पार्टीको स्पष्ट घोषणापत्र र प्रतिबद्धता पत्र सहित निर्वाचित भएर आएका हुन्। त्यो कुरालाई हेक्का राख्नुपर्छ।’

उनले सांसदहरूलाई योजना छनोटको अधिकार दिँदा किन बकवास गरिन्छ ? भन्दै प्रश्न गरे। निर्वाचित जनप्रतिनिधिको भूमिका कमजोर बनाउने कार्य कुनै हालतमा स्वीकार नहुने बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *