मोरङको सीमाबाट चांदी बरामद 

मोरङ । मोरङ्ग जिल्लाको बिराटनगर महानगरपालिका–१५ स्थित सीमा ईलाकाबाट जेठ ५ गते सशस्त्र प्रहरीले करीव २ केजी ९९७ ग्राम चाँदी बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको ५ लाख  रुपैयाँ भन्द बढीको  चाँदी सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीले बरामद गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले झोलामा बोकी ल्याउँदै गरेको चाँदी ल्याउने ब्यक्ती भने सामान छोडेर फरार भएका छन् ।

बरामद चाँदी आवश्यक अनुसन्धानको लागि बिराटनर भन्सार कार्यालयमा मोरङ्गमा बुझाईएको छ । केही दिन यता मोरङको सीमा क्षेत्रमा चेकजाँचलाई तिब्र बनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *