काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारी जाेगाउने नेतृत्व गरेकाे आराेप लगाएका छन् ।
उनले सामाजिक सञ्जालमा यस्ताे आराेप लगाएका हुन् । सोमबार सिंहदरबारमा गणतन्त्र दिवस आयोजनाका लागि भएको बेठकमा प्रधानमन्त्री ओलीले मेयर बालेनको अनुपस्थितिबारे प्रश्न उठाउँदै कारण सोध्न भनेका थिए । त्यसकाे जवाफ पर्काउँदै बालेनले कार्यक्रममा नजाने भनेर जवाफ फर्काएका हुन् ।
सामाजिक सञ्जालमा त्यसको जवाफ दिँदै बालेनले ओलीलाई भ्रष्ट प्रणाली चलाएको र भ्रष्टाचारीलाई जोगाएको समेत आरोप लगाए । आफूले भ्रष्टचार रोक्छु भन्दा सबै दल मिलेर भ्रष्टचारी जोगाउँछु भनेको र प्रधानमन्त्री ओलीले त्यसको नेतृत्व गरेको उनले आरोप लगाएका छन् ।
‘जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा देशको सबै पार्टीको सबै लागेर भ्रष्टाचारी जोगाउँछु भन्छ, उनले लेखेका छन्, ‘त्यस्को नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ?’
उनले अगाडि लेखेका छन्, ‘सरी केपी ओली आई डन्ट सपोर्ट योर करप्ट सिस्टम ।’


Leave a Reply