राप्रपा नेतृ खुस्बु ओलीले सर्वोच्चबाट पाइन् सफाइ

काठमाडौं । चेक बाउन्स मुद्दामा राप्रपा केन्द्रीय सदस्य खुस्बु ओलीलाई सर्वोच्च अदालतले सफाइ दिएको छ।

२०७६ सालमा जिल्ला अदालत काठमाडौंले ओलीलाई चेक अनादर मुद्दामा दोषी ठहर गर्दै तीन महिना कैद फैसला गरेको थियो । त्यो फैसलाविरुद्ध उनले उच्च हुँदै सर्वोच्चमा पुनरावेदन गरेकी थिइन् ।

उनीविरुद्ध मुद्दा हालेका गोपाल कटुवालले आफूले ओलीबाट पाउनुपर्ने पैसा पाएको भनेपछि आज ६ वर्षपछि न्यायाधीश कुमार चुँडाल र अब्दुल अजिज मुसलमानको इजलासले ओलीलाई सफाइ दिएको हो ।

२०७६ जेठ ८ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले ओलीलाई ३ महिना कैद र ३ हजार जरिवानाको फैसला सुनाएको थियो । सप्तरीका गोपाल कटुवालले दायर गरेको मुद्दामा उनले सन् २०१७ जनवरी ३ को मितिमा काटेको चेकबाट रकम भुक्तानी नभएका कारण उनले मुद्दा दायर गरेका थिए ।

कटुवालसँग आफ्नो आर्थिक लेनदेन दुई वर्षअघि नै मिलिसकेको दाबी गर्दै खुस्बु सर्वोच्च अदालत गएकी थिइन् । उनले जिल्ला अदालतमा भएको सुनुवाइमा आफूलाई सुनुवाइको कुनै मौका नै नदिएको भन्दै पुनरवलोकन दायर गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *