प्रचण्डलाई एमालेको चुनौती- जादुवाला नम्बर भएकाले भ्रम छर्दैछन्, सरकारको काम तथ्यांकमा हेर्नू (भिडिओ)

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सरकारले निराशालाई आशामा बदल्ने गरी नीति तथा कार्यक्रम ल्याएको र बजेट पनि ल्याउने तयारी गरिरहेको दाबी गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै विपक्षीहरूले कांग्रेस एमाले मिलेपछि देश ओरालो यात्रामा लाग्यो भन्दै भ्रम फैलाएको जिकिर गरे ।

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै भने, ‘जादुगरले कागको पत्ता राखेर हजारको नोट फुत्त निकाल्छ, तर त्यो सत्य होइन। त्यो केबल भ्रम हो। यो संसदमा पनि त्यस्ता प्रवृत्तिहरू हामीले देखिरहेका छन्। संसदमा केही जादुवाला नम्बर भएकाहरूबाट यस्तो अभिव्यक्ति सुनिरहेका छौँ। त्यो बेकल क्षणिक भ्रम मात्रै हो ।’

सरकारले केही काम गर्न सकेन भनेर सदनबाट निराशाको सञ्चार गरेकोप्रति आपत्ति जनाए । उनले सरकारले गरेको काम तथ्याङ्कमा हेर्न चुनौती दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *