गभर्नर नियुक्तिमा चलखेल भएको शेखरको आशंका, सरकारले संविधान पनि मिचेको आरोप

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा चलखेलको कारणले ढिलाइ भएको हुनसक्ने आशंका गरेका छन्।

प्रजातान्त्रिक विचार समाजले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापतिले शेरबहादुर देउवासँग कुरा हुँदा राम्रो मान्छे नियुक्त हुने बताएका उनले सुनाए।

उनले नेपालमा रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको आशंका व्यक्त गर्दै उनले भने, ‘कतै राष्ट्र बैंकको गभर्नर नियुक्तिमा पनि कतै त्यो चलखेल त भइरहेको छैन भन्ने डर लाग्यो। मेरो चिन्ता त्यहाँ छ। म भन्न सक्दिनँ राष्ट्र बैठकको कुरा, सभापतिसँग कुरा गर्दा राम्रो मान्छे नै नियुक्त हुन्छ भनिराख्नुभएको छ। चिन्ता छैन। तर यो कुरा सोच्दा बुझ्दा खेरी कतै गडबड त भइरहेको छैन, हाम्रो देशमा भन्ने छ।’

उनले देशमा जनताले सुशासन खोजेको भएपनि कुशासन भएको दाबी गरे। गभर्नर नियुक्ति प्रक्रियामा पनि संविधान मिचिएको दाबी गरे।

Comments

One response to “गभर्नर नियुक्तिमा चलखेल भएको शेखरको आशंका, सरकारले संविधान पनि मिचेको आरोप”

  1. ksp pyl Avatar
    ksp pyl

    गभर्नर नियुक्तिमा कहाँ कसरी संविधान मिचियो? हावा कुरा गर्ने ? कसको एजेण्ट भएर बोल्दैछौ ? अनि गभर्नर नियुक्तिमा कसरी चलखेल भयो बताउन त जनतालाई यदि तिमीलाई थाहा छ भने । यस्ता वाहियात नेता त छन् काँग्रेसमा । कि तिमीले बोकेको मान्छे नहुने भयो भनेर डाहा भएको ? नियुक्ति गराईदिउला भनेर दाम बुझेको भए फिर्ता देउ, भोज भत्तेर गरेको भए जसक‍ो खाएको हो उसैलाई बोलाएर खुवाईदेउ र पाप कट्टी गर ।अरूको फोकडमा त खानु भएन नि । प्यार प्यार बिग्रेको रेडियो जस्तोगरी नबोल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *