कांग्रेसको राज्य प्रशासन विभागमा १० जना मनोनीत

काठमाडौं । नेपाली कांग्रेसले राज्य प्रशासन विभागमा १० सदस्य मनोनयन गरेको छ ।

सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

विभागमा पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख छन् ।

यी हुन् मनोनयन भएका सदस्य-

१. विजयराज आचार्य (कास्की)

२. डिल्लीप्रसाद शिवाकोटी (भक्तपुर)

३. गोपालप्रसाद पोख्रेल (सुनसरी)

४. अर्जुन साह (सप्तरी)

५. थम्मनबहादुर खत्री (गुल्मी)

६. रामबहादुर रोकाह (डोटी)

७. मक्करबहादुर रावल (मुगु)

८. गीता देवकोटा (चितवन)

९. द्रोपदी वली (बाँके)

१०. तीर्थराज खनाल (झापा)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *