नेपालको राजनीतिक परिवर्तनको इतिहास वर्गीय संघर्ष, राष्ट्रिय आत्मनिर्भरताको खोजी र समाजवादी लक्ष्यतर्फको यात्राले भरिएको छ । यही सन्दर्भमा विकास गरिएको विचारधारा हो- जनताको बहुदलीय जनवाद (जबज)। यो केवल सत्ता प्राप्तिको रणनीति होइन, नेपाली समाजको संरचना, संस्कृति र सम्भावनालाई आत्मसात गर्दै रूपान्तरणको वैज्ञानिक मोडेल हो ।
नेपाल आज डिजिटल युगमा प्रवेश गरेको छ । यहाँ विचारहरू पुस्तिकामा मात्र होइन, स्क्रिनमा प्रतिस्पर्धा गरिरहेका छन् । यस्तो परिस्थितिमा विचारधारालाई पनि पुनर्संरचना गर्न आवश्यक छ- विशेषतः ‘जेन जी’, अर्थात् प्रविधिमा हुर्किएको पुस्तासँग प्रत्यक्ष संवाद गर्न ।
‘जेन जी’: जनसंख्या र सम्भावना
२०२१ को जनगणनाअनुसार नेपालको कुल जनसंख्या करिब २९.१ मिलियन छ । यसमध्ये करिब ३५ प्रतिशत (१ करोड २ लाख) मानिस १५-३४ वर्ष उमेर समूहमा छन्, जसलाई यहाँ ‘जेन जी’ (Gen G) भनेर परिभाषित गरिएको छ- Generation of Growth, Globalization and Gadgets।
‘जेन जी’ले सूचना प्रवाहको गति महसुस मात्र गर्दैन, त्यसमा सहभागिता जनाउँछ। उनीहरू राजनीतिको केवल दर्शक होइनन्, नीति, संरचना र समाधानको सहयात्री हुन चाहन्छन् । यस्तो जनशक्ति विचार र प्रविधिको सहकार्यबाट नजोडिएसम्म, जबज जस्तो मौलिक विचारधारा पुस्ता-फेर (पुस्तान्तरण) मा हराउने खतरा हुन्छ।
जबजलाई प्रविधिमैत्री मोड्युलमा रूपान्तरण गर्ने ४ रणनीति
१. विचारलाई अनुभवमा रूपान्तरण
एआर/भीआर प्रविधिको प्रयोग गरी ‘जनवादी समाज’ को भर्चुअल निर्माण: प्रयोगकर्ताले एउटा डिजिटल जनवादी गाउँमा प्रवेश गर्नसक्नेछ, जहाँ नीति निर्माण, वर्गीय द्वन्द्व, सामूहिक निर्णय प्रक्रिया, भूमिसुधार, सहकारी अर्थतन्त्र जस्ता विषयहरूलाई Gamified Simulation मा अवलोकन, अभ्यास र निर्णय गर्न सकिनेछ।
‘Choose Your Policy’ प्रकारको इन्टरेक्टिभ मोडेल, जसमा युवाले विभिन्न वैचारिक दृष्टिकोणहरूमाथि आभासी निर्णय लिई त्यसको सामाजिक आर्थिक प्रभाव हेर्न सक्नेछन्।
Gamification of Struggle & Change: जबजको ऐतिहासिक यात्रालाई लेभल बेस्ड गेममा रूपान्तरण गर्ने, जसमा प्रयोगकर्ताले ‘राजनीतिक संगठन’, ‘सशक्त आन्दोलन’, ‘संसदीय प्रतिस्पर्धा’, ‘घात-प्रतिघात’ जस्ता चुनौतीहरू पार गर्दै विचारको विकासक्रम बुझ्न सक्छन्।
AI-driven narrative design प्रयोग गरी प्रयोगकर्ताले आफ्नो चरित्रलाई विभिन्न राजनीतिक विकल्पमार्फत वैचारिक दृष्टिकोण, मूल्य र रणनीति निर्धारण गर्नसक्नेछ । अर्थात् ‘Play to Learn, Learn to Lead’।
सारमाः अब विचारधारा बुझ्न किताब पढ्न आवश्यक छैन । अनुभव गर्नुहोस्, निर्णय लिनुहोस्, समाज निर्माणमा सहभागी बनौं । यसरी विचारलाई ‘अनुभव’ को रूपमा पुन: कल्पना गर्दा युवाहरूको सक्रिय सहभागिता र दीर्घकालीन सरोकार स्वतः उत्पन्न हुन्छ ।
२. डेटा-सञ्चालित जनसहभागिता
एआई-सहयोग प्राप्त Participatory Policy Hackathons: युवाहरूले समाजवाद र जनताको बहुदलीय जनवादसँग सान्दर्भिक राष्ट्रिय एजेन्डामा आधारित Real-World Problem Solving Challenges मा सहभागी हुनसक्ने ।
उदाहरण: ‘Design a Cooperative Agriculture Model using Local Blockchain’ वा ‘Draft a Youth Employment Framework aligned with जबज ethics’.
च्याटजीपीटी जस्ता एआई सह-विचारक प्रणाली सँग brainstorming गरेर policy prototype तयार पार्ने र best proposals लाई सरकार/संघसंस्थामा पहुँच दिने।
Blockchain सञ्चालित Democratic Dialogue Layer: नागरिकको सुझाव, बहस र policy feedback सुरक्षित रूपमा ट्र्याक गर्न मिल्ने Decentralized Public Feedback Ledger। प्रत्येक नीति प्रस्तावको लागि सार्वजनिक ‘discussion chain’ खुल्ने, जहाँ नागरिकले verified ID प्रयोग गरी प्रतिक्रिया दिनसक्ने, जुन blockchain मा immutably सुरक्षित रहनेछ।
Fake engagement हटाउन proof-of-participation token प्रयोग गरिने, जसबाट योगदानदातालाई भविष्यका प्रक्रिया (policy jury, public budgeting) आदि मा प्राथमिकता दिइनेछ।
Visualization & Transparency Tools: Realtime public dashboards: कुन नीति कति प्रतिशत नागरिकले समर्थन गरे ? कुन वर्गले कुन नीति अस्वीकार गर्यो ? यी सबै Interactive डेटा-दृश्यकरणमा हेर्न मिल्ने । Sentiment Mapping AI प्रयोग गरेर जनताले दिएका प्रतिक्रियालाई भावनात्मक र वैचारिक सूचकांकमा विश्लेषण गरी निर्णय प्रक्रिया सजिलो बनाउने ।
सारमा: अब नीति निर्माण सत्ताको गम्भीर कोठामा सीमित होइन-डेटा, प्रविधि र पारदर्शिताको सहकार्यमा हरेक नागरिक सहभागी हुने डिजिटल थलो बन्नसक्छ। जनताको बहुदलीय जनवाद अब केवल ‘जन’ बाट होइन, ‘स्मार्ट नागरिक’ बाट निर्माण हुने विचार यन्त्र हो।
३. विचारलाई सूचनात्मक कथा बनाउने (Micro-narrative Strategy for Ideological Communication)
Bite-Sized Ideological Capsules (BSICs): TikTok, Instagram Reels, YouTube Shorts जस्ता प्लेटफर्ममा ३०-६० सेकेन्डभित्र सन्देश दिने ‘Mini-Documentary Shorts’ श्रृंखला उत्पादन गरिने । जबजका मूल बुँदा (जस्तै: राष्ट्रियता, जनजीविका, जनसत्ता) लाई storytelling-based visualization द्वारा युवा पुस्तालाई बुझ्ने भाषामा रूपान्तरण गरिने।
उदाहरण
‘किन सहकारी अर्थतन्त्र आजको समाधान हो ?’
‘राजनीतिक संगठन डिजिटल युगमा कस्तो देखिन्छ ?’
‘कसरी एउटा मजदुरको कथा सम्पूर्ण समाजको कथा बन्छ ?’
AI-Narrative Generator Platform: युवाहरूले आफ्नै अनुभवलाई विचारसँग जोडेर ‘My Ideological Story’ Series तयार गर्न सक्ने AI-powered storytelling tool। प्रयोगकर्ताले केही संकेत (उदाहरण: म विद्यार्थी हुँ, गाउँमा हुर्केको, बेरोजगारी अनुभव गरेको, सहकारीमा काम गरेको) दिनासाथ AI ले त्यसलाई जनवादी दृष्टिकोणमा आधारित स्क्रिप्ट बनाइदिने, जसलाई उनीहरूले भिडियो वा पोस्टमा रूपान्तरण गर्न सक्नेछन् ।
Localized Language & Memetic Design: विचारलाई स्थानीय भाषा, बोली, मिथक र मुहावरामा ढालेर Micro-narrative बनाइने। युवाहरूको ध्यान खिच्न motion graphics, sound bites, meme-style edits र लोकप्रिय संगीतको Responsible उपयोग।
Campaign Format: #IdeaIn30Sec अभियान, जसअन्तर्गत विभिन्न दिनमा जबजका सिद्धान्तहरूलाई छोटो भिडियोमा प्रस्तुत गरिने ।
Duet & Remix-friendly फर्म्याट: प्रयोगकर्ताले आफ्नै आवाज, कथा वा प्रतिक्रियासहित विचारको Remix प्रस्तुत गर्न सक्नेछ।
सारमा: विचारलाई बुझ्न अब किताब वा भाषणको आवश्यकता छैन, विचार आफैं तपाईंको स्क्रोलभित्र छ। सूचनालाई कथामा रूपान्तरण गर्दा मात्रै यो डिजिटल युगमा मौलिकता, पहुँच र प्रभाव कमाउन सक्छ। जबज अब ‘सुन’ होइन, ‘महसुस’ गर्ने विचार हुनुपर्छ।
४. सहभागितामूलक डिजाइन (Participatory Political Architecture for Inclusive Policy Making)
Policy Sandbox : Gen G को प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने नविनतम प्लेटफर्म: यो Policy Sandbox एउटा डिजिटल वातावरण हो, जहाँ Gen G का सदस्यहरूले जबजका मुख्य नीतिगत प्रस्तावहरूमा प्रत्यक्ष सुझाव, संशोधन र मूल्याङ्कन गर्न सक्नेछन् । यहाँ उनीहरूले विभिन्न वैकल्पिक नीतिहरू परीक्षण गरेर तिनको सम्भावित प्रभाव, चुनौती र सफलताको Simulation पनि गर्न पाउनेछन्।
उदाहरण: भूमिसुधार, सहकारी विकास, राष्ट्रिय सुरक्षा नीति जस्ता विषयमा नयाँ नीतिगत मापदण्ड प्रस्ताव र मूल्याङ्कन गर्न सकिनेछ।
Crowdsourced Policy Drafting: नीति निर्माणको हरेक चरणमा सार्वजनिक सहलेखनको व्यवस्था गरिने । युवाहरूले आफ्नो विचार, तथ्याङ्क, केस स्टडीहरू जोड्दै नीति लेखन प्रक्रियामा सक्रिय सहभागिता जनाउन सक्नेछन् । यो प्रक्रिया पारदर्शी र सबैका लागि खुला हुने भएकाले जनताको विश्वास र स्वामित्व भावना बढ्नेछ।
Interactive Dashboard: तथ्याङ्क, केस स्टडी र भिजुअल विश्लेषण: जबजका मुख्य स्तम्भहरू जस्तै राष्ट्रियता, जनजीविका, सामाजिक न्याय, लोकतन्त्र आदिमा आधारित वास्तविक समयको डाटा, प्रगतिका सूचकांक र केस स्टडीहरू सार्वजनिक गरिने । Dashboards मा इन्फोग्राफिक्स, heat maps, timeline visualizations र comparative analytics समावेश गरिने, जसले नीति प्रभावलाई स्पष्ट र सहज बुझ्न सहयोग पुर्याउनेछ । साथै नागरिकहरूले आफ्नो भोट, सुझाव र प्रतिक्रिया त्यहाँ इन्टरेक्टिभ रूपमा दिनसक्ने सुविधा राखिनेछ ।
सहभागितामूलक डिजिटल फोरम र पोल्स: नियमित रूपमा अनलाइन Town Hall Meetings र पोल्स सञ्चालन गरिने, जहाँ जनताको राय संकलन गरी नीति संशोधनमा समावेश गरिने । Real-time sentiment analysis मार्फत समाजको मनोविज्ञान बुझ्न र नीति निर्माणलाई अधिक जनहितकारी बनाउन सकिनेछ ।
सारमा: यो Participatory Political Architecture ले जनताको बहुदलीय जनवादलाई केवल सिद्धान्तमा नभएर व्यवहारिक, डिजिटल र समावेशी बनाउने छ। Gen G ले आफैंलाई विचारधाराको निर्माता र संरक्षकको रूपमा अनुभूति गर्ने वातावरण निर्माण हुनेछ। यसले नेपालमा नयाँ युगको लोकतन्त्र र नीति–निर्माणको ढाँचा तयार पार्ने विश्वास छ।
निष्कर्ष
विचारको कोड पुनर्लेखन: जनताको बहुदलीय जनवाद आज पनि विचारको दृष्टिले प्रासंगिक छ, तर माध्यमको दृष्टिले पुनर्लेखन आवश्यक छ। विचार अब केवल पर्चा वा भाषण होइन, डिजिटल इन्टरफेस, प्रयोगकर्ता अनुभव (UX) र कृत्रिम बुद्धिमता (एआई) को दुनियाँमा बोल्न सक्नुपर्छ।
Gen G सँग जोडिने विचारधारा त्यो हो, जो interactive, intuitive र inclusive हुन्छ। यदि जबजलाई स्क्रिन, एप्स र मेटावर्समा प्रवेश गराउन सकियो भने यो विचार भविष्यको निर्माणकर्ता पुस्तासँग फेरि एक पटक सपना होइन, समाधान को रूपमा स्थापित हुनेछ।
(लेखक राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव तथा आईटी इन्जिनियरिङ कन्सल्ट्यान्ट हुन् ।)

Leave a Reply