मोहन बस्नेतदेखि हिज्बुल्ला जोडिएको टेरामक्स के हो ? हेर्नुस् नेपाल प्रेसका धारावाहिक रिपोर्ट

काठमाडौं ।नेपाल दूरसञ्चार प्राधिकरणले टेरामक्स प्रविधि जडानका क्रममा अर्बैाको अनियमितता गरेकाे आराेपमा अख्तियार दुरुप्रयाेग अनुसन्धान आयोगले  पूर्वसञ्चारमन्त्री माेहन बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दायर गरेकाे छ ।  नेपालप्रेसले  श्रृखलाबद्ध रुपमा  टेरामक्समा कसरी अर्बाै रकम भ्रष्टचार गरेकाे समाचार प्रकाशन गरेकाे थियाे ।

टेरामक्स उपकरण खरिदमा कसरी भ्रष्टाचार र आतंकवादी संगठन हिजबुल्लाह समूह समेत कनेक्सन भएको छ भन्ने तथ्य र अनुसन्धानसहितको रिपोर्ट सबैभन्दा पहिले नेपाल प्रेसले खुलासा गरेको थियो । त्यसयता प्राविधिक र अनुसन्धानकर्मीहरूको समेत विज्ञ टीम राखेर नेपाल प्रेसले २०८० साउनदेखि धारावाहिक रुपमा टेरामक्स प्रकरणका नयाँ नयाँ तथ्य र प्रमाणहरु सार्वजनिक गरेको थियो ।

नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेल स्वयंको नेतृत्वमा टेरामक्स उपकरण खरिद प्रक्रियाका नीतिगत र प्राविधिक अनियमितताबारे कम्तिमा ८ वटा रिपोर्ट प्रकाशित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रेसले खुलासा गरेका तथ्य, प्रमाण र अनुसन्धानमूलक रिपोर्टलाई समेत सन्दर्भ सामग्री बनाएको अख्तियारका अधिकारीहरूले बताएका छन् ।

नेपाल प्रेसले २०८० साउन १८ गते दूरसञ्चार प्राधिकरण खुफिया एजेन्सी बन्न खोजेको भन्दै टेरामक्स लागु भएमा व्यक्तिको गोप्य कुराकानी पनि सुरक्षित नहुने रिपोर्ट बनाएको थियो । आर्थिक चलखेलका लागि भ्वाइस र डाटा निगरानी गर्ने टेरामक्स प्रणाली भित्र्याउन ठूलो भ्रष्टाचार भइरहेको नेपाल प्रेसको रिपोर्ट थियो ।

नेपाल प्रेसले त्यसपछि पनि टेरामक्स प्रणालीप्रति नेपाल टेलिकम र एनसेलको विमतिदेखि टेरामक्स खरिदका व्यवसायिक पक्ष र भुक्तानी प्रणालीमा खुलेआम अनियमितता भइरहेको तथ्य र प्रमाण सार्वजनिक गरेको थियो ।

टेरामक्स खरिदमा भएका त्रुटी,सर्बोच्चको आदेशको अवज्ञादेखि राष्ट्रसंघले प्रतिबन्धित गरेको हिजबुल्ला समूह जोडिएको कम्पनीलाई भुक्तानी दिइएको विषयलाई समेत नेपाल प्रेसले नै बाहिर ल्याएको थियो । ८८ करोडका मालबस्तु भन्सार कार्यालयमा महिनौंसम्म राखिएको र ती सामग्री टेरामक्सका भएको विषय बाहिर आएपछि यसमा अनुसन्धान अघि बढेको थियो ।

जसरी वल्र्डलिंक लगायत इन्टरनेट सेवा प्रदायकले ९ अर्ब रोयल्टी राजश्व छलेको सिरिज नेपाल प्रेसले खुलासा गरेपछि सर्बोच्च अदालतले ठहर गरेको थियो,त्यसैगरी टेरामक्स सिरिजमा पनि नेपाल प्रेसले सुरुदेखि नै राज्यका अनुसन्धान गर्ने निकाय र संवैधानिक अंगको ध्यानाकर्षण हुनेगरी प्रमाण जुटाएर समाचार सामग्री प्रकाशन तथा प्रसारण गरेको थियो ।

नेपाल प्रेस भ्रष्टाचार,अनियमितता र बेथितिविरुद्धको निगरानी पत्रकारितालाई निरन्तरता दिँदै जानेछ ।

हेर्नुस् नेपाल प्रेसले तथ्य,प्रमाण र कागजातहरु समेतका आधारमा तयार पारेका विस्तृत अनुसन्धानमूलक रिपोर्ट,जसले टेरामक्स प्रकरण के हो र कसरी भ्रष्टाचार भयो भन्ने बुझ्न सघाउनेछ ।

टेरामक्स प्रकरणमा नेपाल प्रेसले सिरिजमा बाहिर ल्याएका समाचार सामग्रीहरू-

नेपाल प्रेसले २०८० साउन १८ मा खुफिया एजेन्सी बन्न खोज्दै प्राधिकरण, टेरामक्स लागू भए यसरी चुहिनेछ व्यक्तिको गोप्य कुराकानी समाचार प्रकाशित गरेकाे थियाे ।

साउन २५ गते टेरामक्ससँग नेपाल टेलिकम सशंकित, ग्राहकको गोपनीयता जोगाउन खोज्दा प्राधिकरणको धम्की 

भदाैं  १० गते सरकारी बजेट खर्चेर प्रधानमन्त्रीलाई प्राधिकरणको काउन्टर, टेरामक्सको लबिङ गर्न गोप्य गोष्ठी (भिडिओ)

भदौं ३१ गते टेरामोक्स प्रकरणमा अख्तियार पस्यो- प्राधिकरणका वर्तमान र पूर्व २० पदाधिकारीसँग बयान (सूचीसहित)

असोज ५ गते टेरामक्स खरिदमा त्रुटिको चाङ, सर्वोच्चको आदेश अवज्ञादेखि राष्ट्रसंघीय प्रतिवन्धको उल्लंघन

असोज ९ गते टेरामक्स खरिदको व्यवसायिक पक्ष र भुक्तानी प्रणालीमा खुलेआम अनियमितता, यसरी हुँदैछ अर्बौंको अनियमितता

असोज १२ गते ८८ लाख डलरका शंकास्पद ‘मालवस्तु’ आएपछि भन्सारको पत्राचार, अनि खुल्यो टेरामक्सको अर्बौं भ्रष्टाचार

मंसिर १४ गते टेरामक्सको अर्बौं घोटाला प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वलाई जोगाउन चलखेल

Comments

One response to “मोहन बस्नेतदेखि हिज्बुल्ला जोडिएको टेरामक्स के हो ? हेर्नुस् नेपाल प्रेसका धारावाहिक रिपोर्ट”

  1. Ishwor Khadka Avatar

    ग्यानेन्द्र कार्की पनि अछुतो छैनन

Leave a Reply

Your email address will not be published. Required fields are marked *