पोखरामा मुद्दा सुनुवाइ गर्दागर्दै इजलासमा पानी छिरेपछि…

पोखरा । हावाहुरीसहित वर्षा भएपछि उच्च अदालत पोखराको सुनुवाइ स्थगित गरिएको छ ।

अदालत मुख्य न्यायाधीश रन्तबहादुर बागचन्द र न्यायाधीश मेरिना श्रेष्ठको संयुक्त इजलासमा मालपोत कार्यालयविरुद्धको सुनुवाइ चलिरहेको बेला हावाहुरीसहित वर्षा भएको थियो ।

इजलासमै पानी परेपछि मुख्य न्यायाधीशले आजका लागि तोकिएका सबै मुद्दा सूचीबाट हटाउन आदेश दिए ।

‘यसमा, सुनुवाइ भइरहेको प्रस्तुत मुद्दामा अचानक हावाहुरी सहितको पानी परी इजलासमा नै पानी पर्न गई सुनुवाइ प्रभावित हुन गएको हुनाले प्रस्तुत मुद्दा, लगाउका मुद्दा र बाँकी अन्य मुद्दाहरू समेत आजको पेसी सूचीबाट हटाइदिएको छ । नियमानुसार पेस गर्नू’  आदेशमा भनिएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *