‘जेन जी’ पुस्ताको प्रतिनिधित्व गर्दै सांसद निशा डाँगीले पेश गरिन् ४ सरोकार (भिडिओ)

काठमाडौं । रास्वपा सांसद निशा डाँगीले जेन जी पुस्ताको प्रतिनिधित्व गर्दै सो पुस्ताका चारवटा सरोकार संसदमार्फत सार्वजनिक गरेकी छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद डाँगीले सरकारको नीति कार्यक्रममा समेत जेन जी पुस्ताको बारे धेरै छलफल भएको भन्दै यो पुस्ताका चार सरोकार सरकार समक्ष राखेकी हुन् ।

सांसद डाँगीले जेन जी पुस्ता स्थिर सरकार र सुनिश्चित भविष्य चाहन्छ भन्दै हजुरबाको पालाका नेताबाट अब यो पुस्ताले आशा मारिसकेको बताइन् । उनले म्याद गुज्रेका नेता होइन नयाँ सोच र योजना भएको नेतृत्व चाहिएको बताइन् ।

उनले जेन जी पुस्ता उद्यमशीलता र सीप विकास तालिमसहितको रोजगारीका पक्षमा रहेको भन्दै डिग्री होइन गुणस्तरीय शिक्षा यो पुस्ताको सरोकार रहेको बताइन् । त्यस्तै देश भ्रष्टाचारले खोक्रो भन्दै भन्दै जेन जी पुस्ताले सुशासन र पारदर्शिता चाहेको भन्दै सांसद डाँगीले आफ्नो पुस्ताका जायज मागलाई सरकारको गम्भीरतापूर्वक लिन आग्रह गरिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *