‘तक्मे बुढा’ विल्सनविक्रम राई बने ‘तोक्मा एप’को ब्रान्ड एम्बासडर

काठमाडौं । ‘तक्मे बुढा’ नामले परिचित कलाकार विल्सनविक्रम राई ‘तोक्मा टेक्नोलोजिज’को ब्रान्ड एम्बासडर नियुक्त भएका छन् । सोमबार काठमाडौंको आयोजित एक समारोहबीच अभिनेता राईलाई ‘तोक्मा टेक्नोलोजिज’ ले आफ्नो ‘ब्रान्ड फेस’ नियुक्त गरेको हो ।

ब्रान्ड एम्बासडर नियुक्त भएपछि अभिनेता राईले भने, ‘मैले सधैँ आफ्ना समर्थकहरूले प्रेमपूर्वक विश्वास गरेका विभिन्न प्लेटफर्मलाई सही सदुपयोग र आममानिसलाई वास्तविक कुराहरूबारे जानकारी दिन प्रयोग गर्ने गरेको छु । म यस यात्राको हिस्सा हुन पाउँदा गर्व गर्छु ।’

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङको प्रमुख आतिथ्यमा सोमबारदेखि नै ‘तोक्मा एप’को औपचारिक सेवा सुरु गरिएको छ । तोक्माले राइड शेयरिङ, केयर गिभिङ, पर्यटन र सुरक्षासम्बन्धी सेवा एकै एपमार्फत प्रदान गर्ने बताइएको छ ।

तोक्माले डिजिटल बिजनेस कार्ड ‘जी कार्ड’ पनि सार्वजनिक गरेको छ ।

तोक्माका सीईओ सागर आङदेम्बेले राईलाई ब्रान्ड एम्बासडरमा स्वागत गर्दै राईले तोक्माको भावनालाई मूर्त रूप दिने विश्वास व्यक्त गरे ।

विद्युत प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक घिसिङले यो एप दैनिक जीवनमा एकदमै प्रयोग गर्नुपर्ने रहेको बताए ।

अब ब्रान्ड एम्बासडर अभिनेता राई तोक्माका राष्ट्रव्यापी प्रचार अभियानहरूमा सक्रिय रहनेछन् । उनले यसका सेवाहरूको बारेमा जनचेतना फैलाउँदै सबै नेपालीलाई डिजिटल प्रविधिको उपयोगमा जोड्न प्रेरित गर्ने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *