२५६९औँ बुद्धजयन्ती मनाउन लुम्बिनी आए प्रधानमन्त्री ओली, मुख्यमन्त्री आचार्यद्वारा स्वागत

रुपन्देही । प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आएका छन् । २५६९औँ बुद्धजयन्तीको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनी आएका हुन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई स्वागत गरेका छन् ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । लुम्बिनी विकास कोषले बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली, लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसहित संघीय सरकारका मन्त्रीहरू, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्रिपरिषद्का सदस्यहरू, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू सहभागी भएका छन् ।

बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा लुम्बिनीमा शोभा कलश यात्रा निकालिएको छ । लुम्बिनीस्थित ५ नम्बर गेटबाट सुरु भएको कलश यात्रा मायादेवी मन्दिर, शान्ति दीप, केन्द्रीय नहर हुँदै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्रमा पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *