सुरवीर पण्डितको याचना- हामीलाई अज्ञानी सम्झेर क्षमा दिनुस्

काठमाडौं । वरिष्ठ कलाकार सुरवीर पण्डितले एक क्रिस्चियन प्रचार गीतमा गरेको अभिनयलाई लिएर क्षमायाचना गरेका छन् ।

अबदेखि आफ्नै धर्मसंस्कार र संस्कृतिको जगेर्नामा लाग्ने र देशले गर्व सक्ने काम गर्ने उनको प्रतिबद्धता छ ।

हालै सुरवीर र अर्का वरिष्ठ कलाकार रामचन्द्र अधिकारीले अभिनय गरेको एउटा क्रिस्चियन प्रचार गीतलाई लिएर विवाद उत्पन्न भएको थियो । यो गीतको भिडिओ धार्मिक विद्वेष फैलाउने खालको भएको भन्दै यसमा अभिनय गरेकाप्रति कतिपयले सुरवीर र रामचन्द्रमाथि गालीगलौज गरिरहेका थिए ।

मेरी बास्सैको सुटिङ स्थलबाट एउटा भिडिओ सन्देश जारी गर्दै सुरवीरले माफी मागेका हुन् । आफूसँगै रामचन्द्रलाई पनि क्षमा दिन उनको आग्रह छ ।

यो पनि पढ्नुहोस्- क्रिस्चियन धर्मप्रचारको गीतले विवादमा तानिए सुरवीर र रामचन्द्र

सुरवीरको क्षमायाचना सन्देश यस्तो छः

आदरणीय आमाबुवा, दाजुभाइ, दिदीबहिनी सम्पूर्णमा मेरो कोटी कोटी प्रणाम । केही दिन अगाडि मैले दुईवटा क्रिस्चियन गीत खेलेको थिएँ । हाम्रा अग्रजले भन्नुहुन्थ्यो, कलाकार बन्न चाहन्छौ भने तिमीले यो गर्दिनँ, त्यो गर्दिन भनेर भन्नु हुँदैन, जे अगाडि आउँछ त्यसलाई नै प्रसाद सम्झेर ग्रहण गर्नुपर्छ । त्यही अनुसार अगाडि बढियो । क्रिस्चियन गीत गरियो, तर त्यसबाट धेरै गुरुबा, गुरुआमा, गुरु–पुरोहित, बुवाआमा, दाजुभाइ दिदीबहिनीले मन दुखाउनुभएको छ ।

हाम्रो उद्देश्य कसैको पनि मन दुखाउने थिएन । सिर्फ कलाकारिता गर्नु थियो । म एकदमै हृदयदेखि क्षमा चाहन्छु । आउँदो दिनमा हजुरहरूको आशीर्वाद लिएर हजुरहरूले भनेजस्तै हाम्रो धर्मसंस्कार, संस्कृतिको जगेर्ना गर्दै देशले गर्व गर्न सक्ने काम गर्न सकुँ ।

हजुरहरूले मलाई आशीर्वाद दिनुहोला । काजी सा’ब (रामचन्द्र अधिकारी) पाँचथरमा सुटिङमा हुनुहुन्छ । उहाँलाई पनि क्षमा गरिदिनुहोला है हजुर । यो हामीलाई अज्ञानी सम्झेर क्षमा गरिदिनु होला हजुर । अब हामी यस्तो गर्दैनौँ । जस होस । धेरै धेरै धन्यवाद ।

Comments

One response to “सुरवीर पण्डितको याचना- हामीलाई अज्ञानी सम्झेर क्षमा दिनुस्”

  1. Dipendra Bdr Saud Avatar
    Dipendra Bdr Saud

    पैशा का लागि जे पनि गर्ने दर्शक हरु ले दियको प्रेम प्रतिष्ठित,शक्ति को यो भन्दा ठुलो अपमान एक कलाकार बाट दर्शक र आफ्नो कर्म प्रती अरु केही हुन सक्दैन 💔मह जोडी र यो दुई जोडी कलाकार का नाम मा देश र संस्कृतिका शत्रुहरु हुन् !आफ्नो देश र संस्कृति को बिरोध मा गरिने येस्तो जुन सुकै प्रयास वा कृत हरु हुन् क्षम्य हुनु हुँदैन!💔

Leave a Reply

Your email address will not be published. Required fields are marked *