जिल्ला अधिवेशनको एक वर्षपछि पूर्णता पायो सिन्धु एमालेले

सिन्धुपाल्चोक । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीले पूर्णता पाएको छ । जिल्ला अधिवेशन सकिएको एक वर्षपछि बल्ल विभाग र सचिवालय गठन गर्दे जिल्ला कमिटीलाई पूर्णता दिइएको हो ।

शनिवार सम्पन्न जिल्ला कमिटीको बैठकबाट नियमित र एकता प्रक्रियाबाट आएकाहरूलाई समेत गरी २२ जना मनोनीत गरिएको छ ।

१७ नियमित प्रक्रिया र पाँच एकता प्रक्रियाबाट मनोनीत गरिएको एमाले सिन्धुपाल्चोकका सचिव कृष्णगोपाल तामाङले जानकारी दिए । मनोनीत सँगै अब १२१ सदस्यीय जिल्ला कमिटी भएको छ ।

जिल्ला कमिटीको बैठकबाट पदाधिकारी सहित ३२ सदस्य सचिवालय समेत गठन गरिएको छ । सचिवालयमा मनोनीत प्रक्रियाबाट आएकाहरूलाई समेत समेटिएको सचिव तामाङले जानकारी दिए ।

त्यस्तै २७ विभाग पनि गठन गरिएको छ । जिल्ला सचिव कृष्णगोपाल तामाङ संगठन विभाग,उपाध्यक्ष अर्जुन भण्डारी प्रचार, उप-सचिवद्वय सुशीला पाख्रिन र शिवहरि सापकोटा क्रमशः स्थानीय तह र स्कुल विभागको प्रमुखको जिम्मेवारी पाएका छन् । पार्टीमा निकै महत्त्वपूर्ण रहेको वित्त तथा कोष विभागमा जिल्ला कमिटी सदस्य आङदोर्जे शेर्पाले पाएका छन् ।

एमालेका सम्पर्क मञ्च सहित २२ जनसंगठनका इन्चार्जहरू समेत तोकेको छ । त्यस्तै निर्वाचित क्षेत्रीय समन्वय कमिटीको इञ्चार्जमा १ मा प्रेमलाल लामा र २ मा विष्णुमणि आचार्यले पाएका छन् । प्रदेश १ ‘क’ अमृत खडका ‘ख’ चरीबहादुर तामाङ २ ‘क’ राजन आचार्य र ‘ख’मा निर्मल बञ्जराले इन्चार्जको जिम्मेवारी पाएको सचिव तामाङले जानकारी दिए ।

कार्यालय टिममा सचिव कृष्णगोपाल तामाङले जिम्मेवारी पाएका छन् । दोस्रो बैठकबाट मनोनीत गरिएको भनिएका तिन सदस्यहरूलाई समेत अहिलेकै प्याकेजमा मनोनीतमा समेटिएको एमालेले जानकारी दिएको छ ।

एमाले बागमतीका इञ्चार्ज राजन भट्टराई, स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, केन्द्रीय सदस्यहरू,प्रदेश कमिटीका सदस्यहरू लगायतको बैठकमा सहभागिता रहेको थियो ।

यसै बिच बाबुराम भट्टराई निकट नेपाल समाजवादी पार्टीका जिल्ला अध्यक्ष भरत अधिकारी एमालेमा प्रवेश गरेका छन् । अधिकारीलाई एमाले नेताहरू ले स्वागत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *