वाईसीएलको कर्णाली सम्मेलन, ७१८ वडाबाट युवा प्रतिनिधि सहभागी हुने

सुर्खेत । नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएल नेपालले कर्णाली प्रदेशस्तरीय सम्मेलन सुर्खेतमा गर्ने भएको छ।

शनिवार पत्रकार सम्मेलन गर्दै वाईसीएल कर्णाली प्रदेश संयोजक शोभाराम भण्डारीले सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।

सम्मेलन वैशाख २९ र ३० गते वीरेन्द्रनगरमा हुनेछ।

उनका अनुसार सम्मेलनमा कर्णालीका १० वटै जिल्लाका ७१८ वडाबाट प्रतिनिधिहरू आउनेछन्। आयोजक समितिसहित गरी ८१७ जना प्रतिनिधि सहभागी हुनेछन्।

सम्मेलनको उद्घाटन पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार दिउँसो १२ बजे वीरेन्द्रनगरको पिपल चौतारामा गर्ने कार्यक्रम छ।

यो सम्मेलनबाट वाईसीएल कर्णालीको नयाँ नेतृत्व चयन गरिनेछ। साथै आगामी नीति, कार्यक्रमहरू तय हुने र राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छानिने भण्डारीले बताए।

वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन जेठ १७, १८ र १९ गते हुने भएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *