मुगु । विश्व रेडक्रस दिवस ८ मे २०२५ को अवसरमा नेपाल रेडक्रस सोसाइटी मुगु जिल्ला शाखाले आगलागी पीडित घर परिवारलाई राहताका सामाग्रीहरू वितरण गरेको छ ।
मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नम्बर ११ रोवामा २०८१ चैत्र १७ गते का दिन आगलागी भएका १२ घर परिवार र हावा हुरीबाट पीडित १ घर परिवार गरी १३ घर परिवारलाई प्रति घर १ त्रिपाल, १ कम्बल, क्यटिस, १रसी, १ स्टिलको थाल, १ गिलास, खान पकाउने भाडा १, कपडा, डाडु पनिया १, १, वितरण गरिएका छन् ।
यसैगरी श्री मष्टा मा.बिलाई २ थान त्रिपाल तत्कालको केही राहतको लागि विश्व रेडक्रस दिवसको अवसरमा वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी मुगुका मन्त्री रत्नसिंह मल्लले बताए ।

Leave a Reply