‘मिसेस टुरिजम क्विन इन्टरनेशनल-२०२५’ मा डा. मल्लले जितिन् दुई अवार्ड

काठमाडौं । हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको दोस्रो संस्करणको ‘मिसेस भोग नेपाल–२०२५’ डा.सुमी मल्लले बैंककमा आयोजित एक अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई महत्त्वपूर्ण उपाधि जितेकी छिन् । काठमाडौंमा हाउस अफ फेसन नेपालले पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो ।

गत साता बैंककमा आयोजित ‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ डा.मल्लले दुई महत्त्वपूर्ण उपाधि जितेकी हुन् । वरिष्ठ दन्त चिकित्सकको रूपमा कार्यरत डा.मल्लले उक्त प्रतियोगितामा मिसेस इन्स्पिरेश्नल तथा सेकेण्ड रनर्स अपको उपाधि जित्न सफल भएकी छिन् । मल्लले विश्वका विभिन्न २५ देशका प्रतिस्पर्धिहरुसंग प्रतिस्पर्धा गरेर दुई महत्त्वपूर्ण उपाधि जित्न सफल भएर नेपालको नाम राख्न सफल भएको बताइन् ।

‘मुख्य उपाधि रसियाकी प्रतिस्पर्धीले जित्नु भयो, त्यो क्षण उहाँको पक्षमा रह्यो, तर नेपाली प्रतिस्पर्धीको रूपमा मैले पनि उत्कृष्ट प्रस्तुति दिन सफल भएँ, मुख्य उपाधि जित्न नसके पनि सेकेण्ड रनर्स अप तथा मिस इन्स्पिरेश्नल (सबैभन्दा प्रेरणादायी)को अवार्ड जित्नु आफैँमा उपलब्धिमूलक रहेको ठानेकी छु’, मल्लले भनिन् ।

‘मिसेस भोग नेपाल २०२५’ को आयोजक संस्था हाउस अफ फेसन नेपालकी संस्थापक निर्देशक ओशिमा बानुले उक्त प्रतियोगितामा आफूले पठाएको नेपाली प्रतिनिधिले नेपालका लागि दुई महत्त्वपूर्ण उपाधि जित्न सफल हुनुमा डा।सुमी मल्लको समर्पण, सौन्दर्य र अदम्य आत्माले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई गर्वित तुल्याएको धारणा व्यक्ति गरिन् ।

‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ को ग्राण्ड फिनाले गत मे १ अर्थात् वैशाख १८ गते थाईल्यान्डको जीवन्त सहर बैंककमा आयोजना भएको थियो । हाउस अफ फेशन नेपालको विशेषज्ञ मार्गदर्शनमा विश्वस्तरीय प्रशिक्षण र ग्रुमिङ प्राप्त गरेकी डा.सुमी मल्ल आत्मविश्वास, सौन्दर्य र दृढतासहित अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि बैंकक पुगेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *