रुपन्देहीमा विद्यार्थी बोकेको बसमा आगो लाग्यो

रुपन्देही । रुपन्देहीको सौ फर्साटिकरमा एक निजी विद्यालयका विद्यार्थी बोकेको बसमा आगो लागेको छ।

शुद्धोधन गाउँपालिका वडा नं ४ फर्साटिकरमा रहेको लिटिल फ्लावर हायर सेकेण्डरी स्कुलको बसमा आगो लागेको हो।

आगलागीबाट विद्यालयको लु १ क १३२६ नम्बरको बस पूर्ण रूपमा क्षति भएको छ। आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

आज बिहान विद्यार्थी बोकेर आउँदै गरेको बस विद्यालय नजिकै पुगेपछि अचानक आगो लागेको स्थानीयले बताएका छन्। आगलागी हुँदा बसमा विद्यार्थी खचाखच थिए।

विद्यालयकै अगाडि पुगेपछि अचानक धुवा आउँदै थियो आगो लागिहाल्यो नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले मिलेर विद्यार्थीको उद्धार गरेर आगो निभाएको हो, स्थानीय मनोज भण्डारीले भने।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *