विपक्षीलाई ठाकुर गैरेको जवाफ- ‘भत्काइदिन्छु बाख्राको खोर पनि..’ गीतबाट प्रभावित देखियो (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले विपक्षी दलका नेताहरूले सरकारले गरेको राम्रो कामलाई पनि राम्रो भन्न नसकेको टिप्पणी गरेका छन् ।

सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उनले विपक्षी दलको नेताहरूले आफू सत्तामा नभएपछि अरूलाई पनि बनाउन नदिने ढंगले प्रस्तुत भएको आरोप उनले लगाए ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, विपक्षी दलका नेताहरूले उडायो सबै सपना हुरीले भन्ने प्रवृत्तिबाट प्रभावित भएको पाएँ, कि कुनै सम्भावना छैन, सबै अँध्यारोमात्रै भयो । कतै काम लाग्ने, आशा गर्ने ठाउँ छैन । दोस्रो, म सरकारमा नभएपछि, म नेतृत्वमा नभएपछि यो सबै कुरा के आवश्यक छ भन्ने ढङ्गले ‘भत्काइदिन्छु बाख्राको खोर’ पनि भन्ने गीतबाट प्रभावित भएर त्यसअनुसारको प्रवृत्ति देखेका छौँ । कहीँ पनि निर्माणको कुरा नगर्ने भत्काउने मात्रै ।

तर, केही विपक्षी दलहरूले यो कुरा ठिक छ, यो गलत छ भन्ने ढङ्गले सुझाव आएकाले त्यसलाई सरकारले बजेट ल्याउँदा सम्बोधन गर्ने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *