रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जिल्ला अदालत पश्चिम नवलपरासीका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको छ।
मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएको अवस्थामा अदालतका सहायक कम्प्युटर अपरेटर रामलखन बनियाँलाई अख्तियारले घुस सहित पक्राउ गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार घुस मागेको उजुरी निवेदनका आधारमा अख्तियारले बनियाँलाई पाल्हीनन्दन गाउँपालिका-३ बेलासपुर चोकबाट घुससहित नियन्त्रणमा लिइएको हो।

Leave a Reply