पर्वतको घटनामा दोषीलाई कारबाही गर्न एमाले गण्डकीको माग

पोखरा । नेकपा एमाले जिल्ला पार्टी कार्यालय पर्वतमा भएको घटनामा दोषीलाई कारबाही गर्न एमाले गण्डकीले माग गरेको छ ।

राष्ट्रिय युवा संघ नेपाल पर्वतको जिल्ला अधिवेशन तत्काल गर्ने वा पछाडि सार्ने भन्ने विषयमा विवाद हुँदा आज झडप भएको थिए । झडपमा परी एमाले गण्डकी प्रदेश कमिटी सदस्य अर्जुन पौडेल घाइते भएका थिए ।

सोही विषयमा प्रेस विज्ञप्ती जारी गर्दै एमाले गण्डकीका अध्यक्ष नवराज शर्माले सांघातिक रुपमा आक्रमण गर्ने जो कोही भएपनि छानविन गरि दोषीलाई कारबाही गर्न माग गरे ।

समस्यालाई शान्तिपूर्ण र विधिसम्मत तवरबाट हल गर्न र अराजक गतिविधिलाई प्रोत्साहन नगर्न प्रदेश कमिटीले अपिल गरेको छ ।

Comments

One response to “पर्वतको घटनामा दोषीलाई कारबाही गर्न एमाले गण्डकीको माग”

  1. ksp pyl Avatar
    ksp pyl

    ताप्लेजुङ्मा कुटाकुट । जनकपुरमा कुटाकुट । पर्वतमा कुटाकुट । अनुशासन, विचार मर्दै गएको हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *